पोखराबाट जोमसोमका लागि उडेरको तारा एयरको विमान सम्पर्कविहीन

न्यूज डेस्क     २०७९ जेष्ठ १५, आईतवार ११:१३ बजे मा प्रकासित


पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेरको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार तारा एयरको नाइन एन अल्फा इपो टेंगोको विमान सम्पर्कविहीन भएको हो।

विमानस्थल स्रोतका अनुसार १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

प्रतिक्रिया





Top