कर्जन्हा नगरपालिकामा ८ जना नगर कार्यपालिका सदस्य गठन

न्यूज डेस्क     २०७९ जेष्ठ १५, आईतवार १९:२९ बजे मा प्रकासित


मिर्चैया । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको १५ दिनभित्र आज शुक्रबार नगर कार्यपालिका गठनका लागि निर्वाचन अधिकृतको कार्यालय कर्जन्हाको निर्वाचन अधिकृत बिनोद अमात्यले निर्वाचन गर्नु भएको छ ।

नगर कार्यपालिका निर्वाचन निर्देशिका अनुसार महिला, दलित र अल्पसङ्ख्यक सदस्यका लागि भोटिङ्ग गर्दा जसमा ८ जना निर्वाचित भएका छन । निर्वाचित हुनेभएकोमा अस्मिता कुमारी बिश्वर्कमाले सुर्यबाट प्राप्त सदर मत ४० ,जगतारण देवी तत्माले माओवादीबाट प्राप्त सदर मत१७ , निर्मला बिश्वकर्माले ढल्केको छाताबाट प्राप्त सदर मत ४० ,माया देवी ढुगेलले सुर्यबाट प्राप्त सदर मत ४०,मिना देवी पासमानले कलमबाट १७ ,लक्ष्मी तामाङगले ढल्केको छाताबाट ४०,लिला देवी सदाले गुलाफको फुलबाट १७ र बिन्दी देवी मरहाले ढल्केको छाताबाट ४० मत लाएर निर्वाचित भएका छन ।

निर्वाचनमा मतदान ३० वैशाख शुक्रबार भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि नै हुनेछन् । दलित वा अल्पसङ्ख्यक समुदायबाट हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नु पर्ने निर्देशिकामा उल्लेख रहेको मतदान अधिकृत बुद्धिमान दनुवारले बताए ।

 

नगर कार्यपालिकामा भने पाँच जना महिला सदस्य र दलित वा अल्पसङ्ख्यक पदमा तीन जना सदस्य निर्वाचित जम्मा ८ जना रहेका छन ।कार्यपालिका सदस्यको निर्वाचनमा नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यले मतदान गरेका छन । कार्यपालिका सदस्य निर्वाचित भएपछि मात्र स्थानीय सरकारले पूर्णता पाएको निर्वाचन अधिकृत बिनोद अमात्यले बताए ।

प्रतिक्रिया





Top