सबैला: चार कोठे बिधालय भवन शिलान्यास मेयर यादव

न्यूज डेस्क     २०७९ जेष्ठ २२, आईतवार १७:३४ बजे मा प्रकासित


 

धनुषा।मधेस प्रदेशको जिल्ला धनुषामा बिधालय भवनको निर्माण थालनी गरेका छन्।जिल्लाको सबैला नगरपालिका वार्ड नं.९ भठिहन स्थित रहेको श्री शेखर जनचेतना आधारभुत बिधालय भठिहनमा ४ कोठे भवन निर्माण गर्न शिलान्यास गरिएको छ ।

नेपाल सरकारको संघीय बिशेष योजनाबाट ३७ लाख बजेट छुट्टाई बिधालयमा भौतिक पुर्बाधार शिक्षामा कठिनाइ  नपुगोस भन्दै यी रकम छुट्टाएको बिधालयका प्राध्यापक श्री मनोज कुमार यादवले बताए ।

कार्यक्रममा वडा नं.९ का नवनिर्वाचित वडा अध्यक्ष श्री मनिष कुमार राय ज्युको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख श्री कारीराम यादव, उपप्रमुख रहिमा खातुन, शिक्षक संगठनका केन्द्रिय सचीव श्री दिनेश कुमार राय, वडा सदस्यहरु, नेतागन,अभिभावक,विद्यार्थी,शिक्षक/शिक्षिका लगायत बुद्धिजीवी समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

यो पनि,

एकपछि एक विकास आयोजनालाई मूर्त रूप दिँदै सबैला नगरपालिकाको मुहार परिवर्तन गरिरहेका प्रमुख यादवले फरक राजनीतिक दलका नेताकार्यकर्ता, सामाजिक अभियन्ता र समाजसेवीसँग समन्वय तथा सहकार्य गरेर नयाँनयाँ काम गरिरहेका छन् ।

उनले आइतबार सबैला-९ मा सामुदायिक भवन बिधालय ४ कोठे निर्माण कार्यको थालनी गराएका छन् । सामुदायिक भवनको शिलान्यास प्रमुख यादव,उप-मेयर खातुन संगै नगरपालिका वड़ा नं.९ का अध्यक्ष रायको अध्यक्षतामा संयुक्त रूपमा गरेका छन् ।

मेयर यादवले शहादत प्राप्त गर्नुभएका `सहीद शेखर यादव´को नामबाट स्थापित विद्यालय हुन जुन हामी अब केहि दिनमै सहिद शेखरको प्रतिमा बिधालयमा राख्छौं। उनले भने,अब बोडिङ स्कुलको जस्तै पठनपाठन नगरभरिका स्कुलहरुमा हुने बताए।
उनले शिक्षक/शिक्षिकालाई विद्यार्थीको घरदैलो गरेर अभिभावकहरु संग समन्वयन गरी अधिक भन्दा अधिकहरुलाई पठाउन भनौं। उनले, वार्डहरुमा रहेका हिलामय सडकहरु समेत अनुगमन गर्नुभएको थियोे।
त्यस्तै, उप-मेयर रहिमा खातुन, अध्यक्ष मनिष कु. राय, वडा अध्यक्ष प्रत्याशी किशोरी कापर,प्राध्यापक मनोज कु.यादवले आ-आफ्नो मन्तव्य राखेका थिए।

 

 

प्रतिक्रिया





Top