जनकपुरधाम। धनुषामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका वडा नम्बर– ३ लगमाका भोगिन्दर दास तत्माका १३ वर्षीया छोरी रंजना कुमारी दास रहेकी छन् ।
आइतबार बिहान हावाहुरी र बर्षासंगै खसेको चट् यांग लागेर रंजनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रंजना हावाहुरी आएपछि आँप बटुल्न खेततर्फ साथीहरुसंगै गएकी थिइन् ।
घरदेखि मात्र १ सय ५० मिटरको उत्तर तर्फ उनको मृत्यू भएको भएको स्थानीयले बताएका छन् ।








प्रतिक्रिया