राधेश्याम कुशवाहा,सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका निवासी लोसपाका युवा नेता मनिष मिश्र ले आफनो जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।
आज आफ्नो जन्मदिनको उपलक्ष्यमा उहाँले रामनगर गाउँपालिका वडा नं.-१,सर्लाही स्थित श्री सुधा कृष्ण आधारभुत विद्यालयको कक्षा १ देखी कक्षा ५ सम्मको बिधार्थीहरूमा प्रत्येक कक्षाको उच्चतम नतिजा ल्याएको एक जना छात्र र एक जना छात्रालाई शैक्षिक सामाग्री प्रदान गरिने घोषणा गरेको हो ।
विधार्थीहरुमा शैक्षिक प्रतिस्पर्धाको विकास गरि विधालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन र बालबालिकाको मनोबल उच्च पार्नका लागि विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको युवा नेता मनिष मिश्रले बताए ।
आजको बालबालिका भोलिको देशका कर्णधार हुन र कुनै पनि समाजको विकासमा शिक्षाको महत्वपूर्ण योगदान रहेका कारण स्थानीय स्तरमा गुणस्तरीय शिक्षामा जोड दिए ।
उहाँले यस कार्यलाई शिक्षा प्रतिको आस्था,राजनीतिक संस्कारको विकास तथा समाज प्रतिको सकारात्मक भावनाको उजागर गर्नेछ भनि विश्वास लिएको बताए। अगामी दिनहरुमा रामनगर गाउँपालिकाको विकासमा विभिन्न सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सर्लाहीको रामनगर गाउँपालिका वार्ड न.१ निवासी युवा नेता मनिष मिश्र विगत २ दशकदेखि विधार्थी राजनीतिमा सक्रिय भुमिकामा रहि अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल को केन्द्रीय राजनीतिमा सक्रिय छन।
नेपालको शैक्षिक राजनीतिमा बिभिन्न किसिमका आन्दोलन जस्तै इन्स्टिच्युट अफ मेडिसिनमा आरक्षण सम्बन्धि, गाडी भाडामा विधार्थीलाई छुट दिने आन्दोलन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलन अथवा वा महंगी बिरूद्ध लगायतका विभिन्न आन्दोलनमा उहाँको सक्रिय भुमिका रहेको थियो।
जन्मदिनको अवसरमा उहाँले शैक्षिक सामग्री वितरण गर्ने गरेको घोषणा स्वागतयोग्य भएको भन्दै स्थानीय स्तरमा उहाँको चौतर्फी प्रशंसा भइरहेको छ ।








प्रतिक्रिया