जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) एक पटक पुन: विभाजन हुने अवस्थामा पुगेको छ ।संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै आफूहरुले उपेन्द्र यादवलाई कारवाही गर्न लागेको भन्दै उनको मात्रै सल्लाहका नमान्न आग्रह नै गरेका छन्।
स्थानीय निर्वाचन अगाडि पार्टीको विवादलाई तत्कालका लागि सामसुम पारिए पनि निर्वाचन सकिन बितिकै पार्टीको विवाद एक पटक पुन: सतहमा आएको छ ।
पार्टीमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको, स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा पार्टीभित्र छलफल नगरेको लगायतका विषयले विवादमा जसपा सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने विषयलाई लिएर विभाजनको संघारमा पुगेको हो।








प्रतिक्रिया