सिराहामा २७ केजी गाँजासहित मोटरसाइकल नियन्त्रणमा, तस्कर फरार

न्यूज डेस्क     २०७९ असार २, बिहीबार २२:०७ बजे मा प्रकासित


जनकपुरधाम । प्रहरीले २७ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित सिराहामा एक थान मोटरसाइकल बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुखिपुर नगरपालिकावडा नम्बर ८ बाट वितेराती ३ वटा बोरामा रहेको २७ केजी गाँजा र मोटरसाइकल बरामद गरेको हो ।

गस्तीमा रहेको प्रहरीलाई देखेर मोटरसाइकल र गाँजा छोडी भागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

  1. प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलको आधारमा घटना अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानमा असरपर्ने भन्दै मोटरसाइकल नम्बर भने प्रहरीले खुलाउन चाहेनन् ।

नेपालभन्दा बढी भारतीय बजारमा गाँजाको माग बढिहुने र आमदानी पनि बढिहुने भएकोले भारतीय बजारमा बिक्रीको लागि हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि पनि उदयपुरको विभिन्न स्थानबाट जम्मा गरेको गाँजा सिराहाको विभिन्न स्थानबाट भारत जाने गरेको बताइन्छ ।प्रहरीले बेलाबेला गाँजा खेती नष्ट गरेता पनि यस क्षेत्रमा व्यापक गाँजा खेती हुने गरेको स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया





Top