अजय पण्डित ,जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकालाई सदरमुकाम जनकपुरधामसँग जोडने सडकखण्डमा आवतजावत बन्द भएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधामबाट धनौजी गाउँपालिकातर्फ जाने लोकखण्ड बर्षाको कारण सवारी आवागमन अवरुद्ध भएको हो । धनुषाको धनौजी गाउँपालिकाबाट जनकपुर जाने बाटो अबरुद्ध भएको छ।
बिगत ६ वर्ष देखि असार मसान्त महिनामा धनौजी गाउँपालिका वाडा नम्बर ३ झोझी कटैयाको बाटो आबद्ध हुने गर्छ।
धनौजी गाउँपालिका बाट लोहना,जनकपुर जाने बाटो प्रत्येक वर्ष वर्षाको कारण माटो बगाएर बाटो अबरुद्ध हुने गर्छ ।
धनौजी गाउँपालिकाबाट जनकपुर जाने बाटो बिषयमा प्रदेश सरकारलाई कुनै ध्यानाकर्षण भएको छैनन। न त स्थानीय सरकारले कुनै चासो लिएका छन्।








प्रतिक्रिया