जनकपुरधाम । प्रादेशिक अस्पताल लहानले सेवाग्राहीसँग दुर्व्यवहार गर्दै गालीगलौज गर्ने भिडियो सार्वजनिक भएपछि कर्मचारी महताेलाई निलम्वन गरेको छ ।महतोलाई प्रहरीले भने पक्राउ गरिसकेको छ ।
अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि नै निलम्बन गरिएको जनाएको छ ।
‘अस्पतालको कर्मचारीद्वारा सेवाग्राहीसँग गरिएको व्यबहारप्रति अस्पताल प्रशासन अत्यन्ध गम्भीर र संवेदनशील छ’ अस्पतालका प्रमुख डा. वीरेन्द्रकुमार महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कानुनी दायरामा ल्याउन अस्पताल कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’
महतोले बुधबार सेवा लिन आएका एक जना सेवाग्राहीलाई अश्लिल गाली गर्दै दुर्व्यवहार गरेका थिए ।
संविधान, प्रचलित ऐन, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७८, कानुन सामाजिक मूल्य मान्यता र सामाजिक न्याय विपरीत कार्यले अस्पताल, सेवाग्राही, सरोकारवाला कसैको हित नहुने साथै ऐन नियमानुसार सबै पक्षको सहकार्यबाट असल समाज, संस्थाको विकास हुने कुरालाई कसैले नकार्न नसकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा यस किसिमको अस्पतालमा चेकअप गर्न आएका सेवाग्राहीलाई दुर्व्यवहार र गालीगलौज गरेको आरोपमा अर्नामा गाउँपालिकाका वासुदेव महतोलाई आज अस्पतालबाट निलम्बन गरिएको छ।
हेर्नुहोस् विज्ञप्ति









प्रतिक्रिया