धनुषामा एक विधालयका प्रधानाध्यापक महरामाथि दुर्व्यवहार दलका दलालहरुलाई कारवाही गर्ने

न्यूज डेस्क     २०७९ असार १३, सोमबार ०७:४७ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको औरही गाउँपालिकास्थित रहेको मावि झिटकैयाका प्रधानाध्यापक मदन महरामाथि सुनुयोजित तवरले गरिएको भौतिक आक्रमणको भत्र्सना जति गरेपनि कम छ ।

दलका दलालहरुले गरेको यस्ता हर्कतको लागि उनीहरुले सजाय पाउनुपर्छ । विद्यालयलाई धनुषा जिल्लामा नमुना विद्यालयको रुपमा स्थापित गर्न सफल भएका र विद्यार्थीहरुले मन पराएका प्रधानाध्यापक मदन महरालाई जातीय हिसाबले उनीमाथि भौतिक दुरव्यवहार अक्षम्य छ ।

विद्यालय परिसर भित्र पसेर बैठक नै चलिरहेको अवस्थामा सोही बैठकमा सहभागी केही गुण्डा, लुच्चा, नँगहा जनप्रतिनीधिहरुको ईसारामा टोले गुण्डा दलालहरुले शिक्षक महरामाथि कालोमोसो दलको घटनाले समाजिक सँजालमा पनि तरँग भएको छ ।

विभिन्न सँघ सँस्था, राजनीतिक सँगठनले यसरी एक कुशल प्रधानाध्यापकमाथि गरिएको यस्तो हर्कत गर्न नरपिसाच प्रवृतिका दले दलालहरुलाई कानुनी दायरमा ल्याउनको लागि चौतर्फी माग उठिरहेको बेला प्रहरी अझै मौनता कस्नु उचीत होईनन् ।

डुब्दै गएको समुदायिक विद्यालयको अवस्थामा चार चाँद लगाउने श्रेय बोकेका प्रधानाध्यापक महरामाथि सुनुयोजित तवरले दले दलालहरुले गरेको दुरव्यवहारप्रति प्रशासन यतिकै मौन बस्नु सिँगो सँगठनमाथि प्रश्न तेर्सिएको छ ।

यहाँसम्म की झुठफुसको कुरामा भ्यागुतो झैँ उफ्रिने शिक्षकहरुको विभिन्न सँगठनहरु समेत चुप्पी लादनु जातिवादको पराकाष्ठालाई मात्र नभएर गलत प्रवृतिलाई समेत बढाबा दिन खोजेको सन्देश दिएको छ ।

शिक्षक महरामाथि कालोमोसो दल्ने कोही बाहिरका भाडाका टट्टुहरु थिएनन यहीका जनप्रतिनीधिका दलालहरु थिए । उनीहरुलाई सबैले देखेको हुनुपर्छ । उनीहरु अझै प्रहरीको कारवाहीमा आउन नसक्नु दुःखद हो ।

सयौँ बालबालिकाको भविष्यसँग जुवा खेल्न खोजेको दलका दलालहरुलाई समयमै कारवाही नभए झिटकैया विद्यालय शान्त नहुने अवस्था सृजना भएको छ । यसलाई निराकरणको लागि सरकारी कर्मचारीमा पनि एक कुशल शिक्षकमाथि दुरव्यवहार गरेकोले कानुन बमोजिम नै कारवाही हुनुपर्छ । अन्यथ यसबाट सृजना हुने आगामी दिनको परिस्थितिको लागि त्यहाँका अभिभावक, विद्यार्थी, अन्य शिक्षक र जनप्रतिनीधिले स्वयँम भोग्नुपर्ने अवस्था सृजना नहोस् भन्ने कामना छ ।

शिक्षा जीवनको ज्योति मानिन्छ । शिक्षा बिना जीवन अन्धकार हुने भनेर बाल्यकालदेखि नै सिक्दै आएका छौँ । सोही ज्योति प्रदान गर्ने माध्यमलाई बिगार गरे त्यहाँको बालबालिकाको भविष्य के होला भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

अन्त्यमा शिक्षक मदन महरामाथि भएको दुरव्यवहाप्रति खेद र भत्र्सना गर्दछु ।

प्रतिक्रिया





Top