नगरका महिला दिदि-बहिनिलाई आत्मनिर्भर बनाउन ठोस कदम चाल्छु-मेयर शम्भु साह !

न्यूज डेस्क     २०७९ असार १९, आईतवार ००:३७ बजे मा प्रकासित


सन्जय सहनी /राैतहट,असार १९ सोमबार ।
रौतहटकाे गौर नगरपालिकाका मेयर शम्भु साहले नगरमा विभिन्न दातृ निकायको माध्यमबाट भईरहेको सिपमुलक तालिमले महिला दिदि-बहिनिहरुलाई रोजगार प्रदान र आत्मनिर्भर बनाउन खेलेको भुमिका सराहनीय र महत्त्वपूर्ण रहेको बताउनु भएका छन् ।

महिला,बालबालिका युवा तथा खेलकुद मन्त्रालय जनकपुरधामको आर्थिक सहयोगमा गौरमा संचालित एकल महिला तथा बिपन्न ,पिछडिएका तथा दलित समुदायलाई लक्षित स्वरोजगार कार्यक्रम अन्तर्गत गुडिया बनाउने तालिमको आइतबार समापन कार्यक्रममा बोल्दै मेयर साहले सो कुरा बताउनु भएका हुन् ।

मेयर साहले सिपमुलक तालिमबाट समाजको महिला दिदि -बहिनिहरुको आर्थिक पक्षलाई मजबुत बनाउन ठुलो अवसर मिल्ने बताउनु भएका छन् ।

साना ओरियनटेसन एन्ड ट्रेनिङ्ग सेन्टर प्रा.ली कास्की पोखराको आयोजनामा संचालित ३९०घन्टे तालिमको माध्यमबाट सीप सिकेका महिला दिदी -बहिनिहरुलाई थपसल्लाह ,सुझाब,पृष्ठपोसन दिदै सिकेका सिपलाई आर्थिक आर्जनको लागि प्रयोग गर्न मेयर साह आग्रह समेत गर्नु भएका छन् ।
मेयर साहले तालिममा सहयोग गर्ने संबंधित मन्त्रालय ,आयोजक संस्थालाई धन्यबाट ज्ञापन गर्दै सहभागी भई सीप सिकेकालाई बधाई दिनु भएका छन् ।

उहाँले गौर नगरपालिकाको माध्यबाट नगरको महिला दिदी बहिनिहरु लाई आत्मनिर्भर बनाउन बिभिन्न कार्यक्रम आयोजना गर्ने आफ्नो योजना रहेको बताएका थिए।

प्रतिक्रिया





Top