जसपाले प्रदेशसभा सदस्यसमेत नरहनेगरी यादवलाई पार्टी बाट निकालिए

न्यूज डेस्क     २०७९ असार १९, आईतवार २१:२४ बजे मा प्रकासित


जनकपुरधाम । महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाहीको घोषणा गरेको हो ।

 

जसपाले गत स्थानीय चुनावमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एक जना प्रदेशसभा सदस्यलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिएकाे घोषणा गरेको हाे ।

 

आज आइतबार बसेको बैठकले उनलाई निकालिएको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । उनीसँगै संघीय शिक्षक फोरमका कौशल कुमार यादवलाई पनि निष्काशन गरिएको छ। उनीहरुलाई पार्टी विधानअनुसार निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया





Top