नक्कली पेस्तोल देखाएर सर्वसाधारण तर्साउने एक युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरदेखि झन्डै दुई मिटर नजिकैको इलाका प्रशासन कार्यालयमा पेस्तोल देखाएर सर्वसाधारणलाई आतंकित पारेको आरोपमा २० वर्षीय मिलन मगर पक्राउ परेका हुन्।
दगीशरण गाउँपालिका वडा नम्बर ५ का मिलनलाई आइतबार बेलुका साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को प्रशासन कार्यालयको सम्मुखमा रहेको रेस्टुरेन्टनजिकबाट प्रहरीले समातिएका छन ।
प्रहरी निरीक्षक बखतबहादुर शाहीको नेतृत्वको टोलीले मिलनलाई पक्राउ गरेको थियो।
मिलनका साथबाट बरामद भएको पेस्तोल नक्कली रहेको पुष्टि भएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। मिलनलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको पनि डिएसपी अर्यालले बताए।








प्रतिक्रिया