मधेशमा छोरी शिक्षा विमा पुनः शुरू

न्यूज डेस्क     २०७९ असार १९, आईतवार २२:३६ बजे मा प्रकासित


जनकपुरधाम, अषाढ १९ । मधेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा विमा पुनः शुरु भएको छ । कोरोना महामारीका कारण अवरुद्ध छोरी शिक्षा बिमा अषाढ १९ गते देखी पुन: शुरु भएको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चुडामणी फुयालले जनाउनु भएको छ ।
शुरुमा विमा गरेको प्रभु बैंक संगको सम्झौता अवधि समाप्त भएपछि रोकिएको बिमा ग्ल्वोल बैंक संग सम्झौता भए लगतै शुरु भएको हो । प्रदेश सरकार र ग्लोबल आइएमई बैंक विच सम्झौता भएपछी छोरी शिक्षा विमा पुनः शुरू भएको प्रमुख फुयालले बताए।

सम्‌झौता पत्रमा प्रदेश सरकार को तर्फ बाट शिक्षा निर्देशक फुयाल र बैंक को तर्फ बाट ग्लोबल बैकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

२०७८ माघ १ गते पछि जन्मीएको छोरी हरु को लागी शुरू गरिको बिमा, २० बर्ष पछि ३ लाख दिने गरि प्रति बिमा ३७ हजार ४ सय ५७ रुपैया ६० पैसा मधेश सरकारले बैंकलाई दिनु पर्ने सम्झौता पत्रमा उल्लेख छ ।

मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालित छोरी शिक्षा बिमाको समुदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीलें २०७५ फागुन ९ गते गर्नु भएको थियो ।

प्रतिक्रिया





Top