जनकपुरधाम । वीरगञ्जस्थित प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियरले सेवाग्रहीसँग घुसी लिँदालिँदै पक्राउ परेका छन् ।
भवन निर्माणको मूल्यांकनको लागि १ लाख ७० हजार रुपैयाँ सेवाग्राहीसँग घुस लिँदैलिँदै प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर रुपेश कुमार दुबे रंगेहात पक्राउ परेका हुन् ।
दुबेलाई आज दिउँसो कार्यालयबाट नै पक्राउ गरिएको बुझिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा दुबे विरुद्ध सेवाग्राहीले दिएको मौखिक उजुरीको आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्लको नेतृत्वमा खटेको प्रहरी टोलीले दुबेलाई पक्राउ गरेको स्रोतले जनाएको छ । दुबे धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ निवासी हुन् ।
दुबे पक्राउ परेको पर्सा प्रहरीका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रह्लाद् कार्कीले पुष्टि गरे । उनलाई हाल प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।
थप जानकारी आउन बाँकी ।








प्रतिक्रिया