गोडैता नगरपालिकाको मेयर देवेन्द्र यादवको पहलमा २.३ किमि सडक निर्माण

न्यूज डेस्क     २०७९ असार ३०, बिहीबार १०:२१ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, २९ असार ।। सर्लाहीको गोडैता नगरपालिका वार्ड न.२ बेल्वा जब्दीमा ३९ लाखको लागतमा २.३ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ ।

मेयर देवेन्द्र कुमार यादव को पहलमा प्रदेश सरकारको शशर्त अनुदानबाट हुलाकी सडक अन्तर्गतको बिर्ता चौकदेखी नहरबाटो हुँदै बेल्वाब्दी टोलसम्मको सडक चौडाई तथा मर्मत सम्भार गरि ग्राभेल गरिएको हो ।

सडक निर्माणले आम नागरिकलाई आवतजावतमा सहज भएको स्थानीयवासी मुकेश ठाकुरले बताए । बर्षातको समयमा सडक हिल्लामे र हिउँदा धुल्लामे हुदा कृषि सामग्री ढुवानी, गाईवस्तु चराउन र खेतमा काम गर्न जाने सर्वसाधारणले सास्ती खेप्ती आएको थियो, भने सडक जिर्ण हुदा सबैभन्दा बढी महिला तथा बालबालिका प्रभावित हुँदै आएको थियो ।

सडक संजालको हिसाबले विकट मानिएको बेल्वाजबदीमा सडक निर्माण भइ हुलाकीमा जोडिएपछि स्थानीय कृषि उत्पादनले बजार पाउनुको साथै आपतकालीन एम्बुलेन्स र दमकल समेत ल्याउन सहज भएको बताए ।

बाटो नहुदा किसानहरूलाई उखु लाई उधोगसम्म ढुवानी गर्न समस्या हुँदै आएको उखु किसान नवीन कुमार साहले बताए । सडक निर्माणले उखु खेत र उधोग बिचको दुरीमा समेत कमी आएको छ, यसले किसानहरूको ढुवानी लागत खर्चमा कमी आई आम्दानीमा वृद्धि हुनेछ ।

बर्षातको समयमा सडक पुर्ण रुपमा अवरुद्ध भएर सफरमुकामसंग सम्पर्क टुटने गरेका थिए, सडक निर्माणले बाढी पहिरो र सुखा समयमा आगलागी हुनबाट रोक्न आपतकालीन दमकल र गम्भीर प्राकृतिक विरामीलाई प्रादेशिक अस्पताल मलंगवा लगायत अन्य ठाउँमा लैजान सम्भव भएपछि लाखौं जनधनको क्षति हुनबाट समेत जोगिने काम भएको हो ।

सडक निर्माणले सदरमुकाम, बरहथवा लगायत जिल्लाका अन्य ठाउँलाई छिटो छरितो र सहज रुपमा जोडिनुको साथै स्थानीय स्तरको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको हो ।

प्रतिक्रिया





Top