सम्भु राउतको नेतुत्वमा गोडैताको जयपुर स्वास्थ्य चौकीको सुचकहरुमा उल्लेखनीय सुधार ।।

न्यूज डेस्क     २०७९ असार ३०, बिहीबार २२:३८ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, ३० असार सर्लाही।। सर्लाहीको गोडैता नगरपालिका वार्ड न.२ जयपुर स्वास्थ्य चौकीको कार्यालय प्रमुखको जिम्मेवारीको रुपमा सम्भु राउत आएदिनदेखी स्वास्थ्य चौकीले सहज रुपमा सेवा प्रवाह र संचालनमा तिब्रता पाएका हुन । जिर्ण भौतिक पुर्वाधार र सिमित स्रोत साधनको वावजुद पनि स्वास्थ चौकीले स्वास्थका विभिन्न सुचकहरुमा उल्लेखनीय प्रगती गरेका छन। उहाँकै पहल र अर्थक प्रयासमा स्वास्थ चौकीको भवन मर्मत सम्भार, शुद्ध खानेपानी र शौचालयको उचित व्यवस्थापन गरि संचालन लगायतका कामहरु समेत भएका छन ।

राउतको असल नेतुत्व र संस्था प्रतिको लगावका कारण कर्मचारी बिच काम गर्ने प्रतिस्पर्धाको भावना विकास हुनुको साथै कर्मचारीहरु पुर्ण जिम्मेवार देखिएका छन । स्वास्थ चौकीमा कर्मचारी समयमा आउने, सेवाग्राहीसंग गर्ने आत्मीय व्यवहार तथा मिठो सरसल्लाह र सुझावको कारण स्वास्थ चौकीमा सेवा लिन आउने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संख्यामा समेत उल्लेखनीय वृद्धि भएको देखिन्छ ।
वडाअध्यक्ष अजय प्रसाद साह को नेतुत्वमा स्वास्थ चौकी संचालन तथा व्यवस्थापन समिति, हेल्थ पोस्ट संचालनका लागि गुणस्तरीय समितिको पदाधिकारी तथा स्वास्थ चौकीको सुचना अधिकारी समेत तोकिएका छन ।

स्थानीयवासी, महिला स्वयंसेविका तथा स्वास्थ कर्मचारीसंग राम्रो अन्तरसम्बन्ध स्थापितले सेवा लिन आउने सर्वसाधारणहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनुको साथै स्वास्थ चौकीप्रती जनविश्वास समेत बढेका छन ।

गएको मंगलवार श्री लक्ष्मी आमा समुहको अध्यक्ष कुमारी देवी रामको अध्यक्षता बैठक बसि विभिन्न निर्णयहरु समेत गरिएको छ । बैठकमा स्वास्थ चौकीको स्वास्थ सुचक बढाउने र विविध गरि मुख्य २ बुँदामा छलफल गरि सर्वसहम्मतले निर्णय पारित गरिएको स्वास्थ चौकी, बेल्वाजब्दीका प्रमुख सम्भु राउतले बताए ।

प्रत्येक महिनामा गर्भवती जाँच गराउने, प्रत्येक महिनामा बच्चाहरूलाई नियमित खोप दिलाउनका लागि स्वास्थ चौकीले तोकिएको मितिमा आएर खोप लगाउने, वृद्धि अनुगमनका लागि बच्चा लिएर स्वास्थ चौकीमा आएर जाँच गराउने, कोभिड १९ विरुद्धको दिइने खोप समयमा आएर सेवा लिने, स्वास्थ सम्बन्धि कुनै समस्या देखिएमा स्वास्थ चौकीमा सेवा लिने र

कुनै स्वास्थ समस्या आएमा पहिला स्वास्थ चौकीमा आएर जाँच गराउने तथा यदि कुनै जटिल स्वास्थ समस्या भएमा स्वास्थकर्मीले दिएको सरसल्लाह र सुझाव मानी त्यसमा जोड दिने लगायत कुराहरु सर्वसहम्मत पारित गरिएको स्वास्थ्य चौकीको सुचना अधिकारी आशुतोष यादवले जानकारी दिए।

प्रतिक्रिया





Top