६० औं इन्जियनिर दिवसमा सम्मान कार्यक्रम सप्पन्न , भवन बनाउन जग्गा मांग मधेश समिति

न्यूज डेस्क     २०७९ श्रावण ४, बुधबार ०५:५२ बजे मा प्रकासित


जनकपुरधाम । मधश प्रदेशको राजधानी जनकपुरधामका मेयर मनोज कुमार साहले संघीयताको भावना अनुसार विभिन्न निकायहरू गठन हुन थाल्नु राम्रो पक्ष भएको बताउनु भएको छ ।

६० औं इन्जियनिर दिवसको अवसरमा मधेश प्रदेश नेपाल इन्जिनियर्स एशोसिएशनले मंगलबार जनकपुरधाममा गरेको कार्यक्रममा संघीयताको भावना अनुसार अन्य निकास जस्तै मधेश प्रदेश इन्जिनियर्स एशोसिएशन स्थापना भएको खुशी व्यक्त गर्नुभयो । उहाँले एशोसिएशनको भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन आफूले प्रयास गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा जलश्रोविद् डा. कृष्णचन्द्र साहले केही गलत प्रवृत्तिका इन्जिनियरहरूका कारण सबै इन्जिनियर बदनाम हुनु परिरहेको बताउनुभयो । उहाँले गलत प्रवृत्तिविरुद्ध इन्जिनियरहरू एकजुट हुनुपर्ने बताउनुभयो । प्रदेशका अध्यक्ष गौरी पण्डितले यस प्रदेशका इन्जियरहरूले भोग्दै आएका समस्याबारे उपमहानगरपालिकालाई अवगत गराउनुभएको थियो ।

 

६० औं ईन्जिनियर दिवसको अवसरमा जनकपुरधाममा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।नेपाल ईन्जिनियर्स एशोसिएशन मधेश प्रदेश समितिले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा ७२ जनाले रक्तदान गरेका थियो ।

प्रतिक्रिया





Top