आफ्नै भाईले सहोदर दाईलाई कोदालो प्रहार गरी हत्या २१ बर्षपछि पक्राउ

न्यूज डेस्क     २०७९ श्रावण ५, बिहीबार ०६:०९ बजे मा प्रकासित


जनकपुरधाम । आफ्नै दाईलाई कोदालोले काटेर हत्या गरी फरार रहेको घटनाको एक आरोपित २१ बर्षपछि पक्राउ परेका छन् ।

धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीमा खेतको विवाद हुँदा आफ्नै भाईले दाईलाई कोदालो प्रहार गरी हत्या गरेको आराेपमा फरार रहेका एक अभियुक्त २१ बर्षपछि गिरफ्तार परेको छ । सो घटना प्रकरणका फरार अभियुक्तहरुलाई पक्राउ गर्न सुराकी गर्दै आएका थिए ।

 

ईलाका प्रहरी कार्यालय खजुरीको प्रहरी नीरिक्षक (ईन्सपेक्टर) निरञ्जन घिमिरे कमाण्डको टोलीले जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरी बस्ने बन्नु भन्ने बिक्रम धुनियाँलाई करिब २१ बर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

छिमेकी मुलुक भारतको बिहार राज्य देउधा (नेपाल–भारत बोर्डरसँगै पारी) घर बनाएर बस्दै आएका धुनियाँलाई पक्राउ गर्न ईन्सपेक्टर घिमिरेले कडा परिश्रम गर्दै आएका थिए । पक्राउ गर्न जाँदा उनी घर छाडेर भाग्दै आएका थिए ।

बुधबार दिउँसो नेपालतर्फ आउनै लाग्दा बिशेष जानकारीको आधारमा उनलाई बोर्डरमै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको हो ।

जिल्ला अदालत धनुषाबाट हत्या प्रकरणको घटनामा धुनियाँको समेत नाम रहेको छ । करिब २१ बर्षअघि खजुरीमा खेतकाे विषयमा विवादहुदाहुदै दुई दाजुभाईबीच भनाभन हुँदा भाईले आफ्नै दाईलाई कोदालो प्रहार गरी हत्या गरेर फरार भएका थिए ।

सो क्रममा खजुरी बस्ने रामजनत साह सुडीले आफ्नै दाई गँगाराम साह सुडीलाई २१ बर्ष अगाडी खेतमै असार महिनामा धान रोप्ने समयमा जमिनको विवाद हुँदा कोदालो प्रहार गरी हत्या गरेका थिए । मुख्य आरोपित भनिएका रामजतन साह सुडी अझै फरार रहेका छन् ।

सो घटनामा पोलुवा भनिएका भन्नु भन्ने विक्रम धुनियाँलाई कर्तव्य ज्यान मुद्दामा जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ स्थितबाट उनलाई पक्राउ गरी जिप्रका धनुषामा बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीप क्षेत्रीले जानकारी दिएका छन ।

प्रतिक्रिया





Top