जागिर लगाइदिन्छु भन्दै बलात्कारको प्रयास लहानका उपमेयरविरुद्ध जाहेरी दर्ता

न्यूज डेस्क     २०७९ श्रावण ६, शुक्रबार ०७:४७ बजे मा प्रकासित


सिरहा । सिरहा जिल्लाकोलहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलालाई कार्यकक्षको गोप्य कक्षमा बोलाएर जागिर लगाइदिन्छु भन्दै बलात्कारको प्रयास गरेको घटना सार्वजानिक भएको छ।

पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दिएका छन्। बिहीबार जाहेरी दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी गराए।

केही दिन अगाडि नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन खुलेको थियो। त्यही विज्ञापन ती महिलाले फारम भरेका थिए। जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कार्यकक्षको गोप्य कक्षमा बोलाएर बलात्कार प्रयास गरेको महिलाले सुनाइन्।

घटनाबारे राष्ट्रिय महिला आयोग र मानवअधिकार आयोगले गम्भीरतापूर्वक चासो लिएको बुझिन आएको छ। घटना सार्वजानिक भएदेखि उपमेयर सम्पर्कविहीन भएको छ।

प्रतिक्रिया





Top