सिरहा: इनारमा डुवेको अवस्थामा ४५ वर्षिय एक पुरुषको शव फेला

न्यूज डेस्क     २०७९ श्रावण ७, शनिबार १४:४५ बजे मा प्रकासित


 

सिरहा,७ साउन। जिल्लाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। गोलबजार नगरपालिका ९ डण्डाका ४५ वर्षिय रामजतन पासवानको शव रहेको आशंका गरेको छ।
हिजो बेलुकादेखि हराईरहेका उनको चप्पल र गञ्जी इनार नजीकै फेला परेकाले शव उनकै भएको हुन सक्ने प्रहरीले बताए।
आज विहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालेपछि शव देखिएपनि कसको हो भन्ने अझै खुलिनसकेको प्रहरीको भनाई छ।

प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरेपनि नसकेपछि इटहरीबाट गोताखोर टोली ल्याएर निकाल्ने कोसिस भईरहेको छ।
इनाकारमा अक्सिजनको मात्रा कम भएकाले निकाल्न नसकिएको स्थानीयको भनाई छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया





Top