सर्पको टोकाईबाट सिरहामा ६ वर्षीय बालकको मृत्यु

न्यूज डेस्क     २०७९ श्रावण ९, सोमबार ०६:३७ बजे मा प्रकासित


सिरहा । सर्पदंशबाट सिरहामा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका वडा नम्बर ३ जमदहका ६ वर्षीय अनिल सदा रहेका छन् ।

घरमै साथीहरुसँग लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला सदालाई विषालु सर्पले डसेको हो । उनको उपचारका क्रममा चोहर्वास्थित जयकाली सर्पदंश केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया





Top