बैंकबाट पैसा निकालेर ल्याउँदै गरेको दुई लाख रुपैया बिच बाटोमै लुटियो

न्यूज डेस्क     २०७९ श्रावण ९, सोमबार २१:१२ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाकाे जनकपुरधाममा बैंकबाट पैसा निकालेर घर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ बिच बाटोमै लुटिएको छ ।

अज्ञात समूहले सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ निवासी शर्मिला यादवको साथबाट रकम लुटेको हो ।

वडा नम्बर १ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुईजनाले यादवको रकम लुटेको प्रहरीको भनाइ छ ।झोलामा २ लाख, नागरिकता, बैंकसम्बन्धी कागजात र थप ५ सय रहेको उनले बताएकी छन् ।

साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै एउटा मोटरसाइकलमा आएका दुईजनाले आफूले बोकको झोला हातबाट लिएर भागेको शर्मिलाले बताइन् ।

लुटेराहरुको तीब्र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

प्रतिक्रिया





Top