एक अनाथ आश्रमबाट रौतहट प्रहरीले २ जना बालिकालाइ उद्दार

न्यूज डेस्क     २०७९ श्रावण ११, बुधबार ०९:१९ बजे मा प्रकासित


रौतहट,११ साउन।
रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ मा रहेको एक अनाथ आश्रमबाट रौतहट प्रहरीले २ जना बालिकालाइ उद्दार गरेको छ ।

नेपाल भारत मैत्रीपूर्ण विरंगना फाऊन्डेशन द्वारा संचालित नेपाल भारत मैत्री अनाथ आश्रममा अत्याधिक जोखिममा रहेकी २ बालिकालाइ प्रहरीले उद्दार गरेको हो । धेरै दिन देखि अत्याधिक जोखिममा रहेकी बालिकाहरुलाई जिल्ला प्रशासन कार्यालय ,गौर नगरपालिका कार्यालय , राष्ट्रिय बाल अधिकार परिषद , बाल बालिका खोजतलाश प्रदेश समन्वय केन्द्र , सि.जप ,बाल हेल्प लाइन १०९८ कलैया बारा , सम्वन्धित वडाका वडा अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय गौर लगायत अन्य जनप्रतिनिधिहरुको रोहवरमा अनाथ आश्रममा रहेको १३ वर्षीय मनिषा कुमारी र १७ बर्षिय खुशी कुमारीलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल कुमार मल्लले जानकारी दिएका छन् ।

उद्दार गरिएको दुवै बालिकालाई अस्थायी संरक्षण केन्द्रमा सुरक्षित साथ राख्नका लागि सस्थाको कार्यक्रम संयोजक मुकेश कुशवाहाको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया





Top