नेता `राहुल गान्धी´ पक्राउ

न्यूज डेस्क     २०७९ श्रावण ११, बुधबार ०९:२२ बजे मा प्रकासित


 

काठमाडौ, ११साउन।

भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी मंगलबार हिरासतमा राखेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो ।

नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।

 

प्रतिक्रिया





Top