जनकपुरधामस्थित औषधि पसलमा अनुगमन, तीन पसलमा सिलबन्दी अरु भागम-भाग

न्यूज डेस्क     २०७९ श्रावण ११, बुधबार २०:१४ बजे मा प्रकासित


जनकपुरधाम, ११साउन।

औषधि व्यवस्था विभागले जनकपुरधामस्थित औषधि पसलमा अनुगमन गरेको छ । मापदण्ड विपरीत पाइएका तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको हाे ।

बुधबार विभागले औषधि पसलमा अनुगमन गर्न थालेपछि केही औषधि व्यवसायी पसल बन्द गरेर भागेका थिए । जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरी सञ्चालनमा रहेकाले व्यवसायीहरूमा भागाभाग भएको हो ।

विभागले अनुगमनको क्रममा अवैधानिकरूपमा सञ्चालनमा रहेका तीन वटा औषधि पसलमा सिलबन्दी गरेको जनाएको छ । विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खानले अस्पताल रोडमा सञ्चालित पूर्वी क्लिनिक, जनकपुर प्रादेशिक अस्पताल अगाडिको अर्थोपेडिक ट्रमा क्लिनिकभित्र सञ्चालित औषधि पसलमा सिल गरेको जानकारी दिए ।

जनकपुरधाममा वर्षौंदेखि अधिकांश औषधि पसल अवैधानिकरुपमा सञ्चालनमा छन् । लामो समयदेखि अवैधानिकरुपमा सञ्चालित त्यस्ता पसलका सञ्चालकहरु सम्बन्धित निकायले अनुगमन थालेपछि पसल बन्द गरेर भाग्ने गरेका छन् ।

प्रतिक्रिया





Top