सिरहा। सिरहा जिल्ला गोलबजारमा एक महिलामाथि बलात्कार प्रयासको उजुरी परेको छ।
सिरहाको गोलबजार नगरपालिकामा २० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी परेका गोलबजारछन । घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजुले बलात्कारका प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएको हो।
घटना गाउँमै मिलाउने प्रयास भएको भन्ने सूचना पाएपछि त्यहाँ पुगेका इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरीले जानकारी दिए । प्रहरी गाउँमै पुगेपछि प्रहरीसँगै आएकी ति महिलाले आफूमाथि अन्याय भएको भन्दै उजुरी दिएको प्रहरीले जनाए।
आरोपित जेठाजु भने फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर प्रदिप पौडेलले बताए। उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।








प्रतिक्रिया