जनकपुरधाम । मधश प्रदेशको राजधानी जनकपुरधामको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अगाडि सञ्चालितमा रहेका औषधि पसलले मनोमानी ढंगले औषधि वितरण गरेको पाइएपछि औषधि व्यवस्था विभाग टाेलिले बुधबार अनुगमन गरेको छ । अनुगमन टाेलिका खटिएका क्रममा ३ वटा औषधि पसल शिलबन्दी गरिएको हाे ।
विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खानले अस्पताल अगाडिको अर्थोपेडिक ट्रामा क्लिनिक भित्र सञ्चालित औषधि पसलमा शिल गरिएको जानकारी दिए । क्लिनिकको नाम स्मरणमा नरहेको भन्दै तीनवटा औषधी पसलमा शिलबन्दी गरिएको उनले बताए ।
औषधि व्यवस्था विभागको वीरगञ्ज शाखा र स्थानीय प्रशासनको सहयोगमा बुधबार गरिएको छड्के अनुगमनमा अधिकांश औषधि पसलले बिक्री वितरण गर्दा बिलको प्रयोग नगर्ने, वास्तविक मूल्यभन्दा चर्को मूल्य लिने, पसल अर्काकै नाममा रहे पनि अर्कै व्यक्तिले औषधि बिक्री–वितरण गरेको भेटिएको थियो ।
जनकपुरधाममा धनुषाधाम सबैला यदुकुहा लगायतका पसलमा वर्षौंदेखि आधाभन्दा बढी औषधि पसल दर्ताबिना अवैध रुपले सञ्चालनमा रहेका छन् । विभागले नियमित अनुगमन थाल्दा धनुषा जिल्लाका जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरि सञ्चालनमा रहेकाले व्यवसायीको भागाभाग भएको थिए । यस्तै, अधिकांश फार्मेसीका सञ्चालक अनुगमन आउनुपूर्व नै पसल बन्द गरेर फरार भएका थिए ।








प्रतिक्रिया