माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

न्यूज डेस्क     २०७९ श्रावण १२, बिहीबार २१:१८ बजे मा प्रकासित


जनकपुरधाम, १२ श्रावण।
माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । झापाको भद्रपुर नगरपालिका–७ का ४० वर्षका भोटलाल गणेश राजवंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

भद्रपुर नगरपालिका–४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रालिको भवन निर्माणको काम गर्ने राजवंशी माछा मार्ने क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि मेची अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याए लगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

 

प्रतिक्रिया





Top