आफ्नै बुवालाई हत्या गरेको अभियोगमा छोरा पक्राउ

न्यूज डेस्क     २०७९ श्रावण १३, शुक्रबार १५:३६ बजे मा प्रकासित


मधेसपाटी डेस्क
साउन १३ गते शुक्रबार।
बैतडीमा आफ्नै बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मोही बनाउने पारो प्रहार गरि हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका–५ सेरा बस्ने २३ वर्षीय लोकराज जोशी छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । लोकराजले पारो प्रहार गर्दा उनकै बुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोकुलेश्वर र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया





Top