बारा । हेडक्वाटरको निर्देशन बिपरित मधेश प्रदेश छिन्नमस्ता बाहिनीका डीआईजी गणेश ठाडा मगरले खटाएको घुमुवाहरुले बारा जिल्ला भरिका सिमावर्ती क्षेत्रमा घुम्ने सेटिङ मिलाएर तस्कर तथा ब्यपारीबाट रकम असुली गर्दै आएको तस्करीको भिडियो सहित समाचार विभिन्न मिडियामा प्रकाशन हुन थालेपछि घुमुवा सशस्त्र प्रहरी जवान ईमाम आलम र वरिष्ठ हवल्दार अशोक साहलाई १२ न. गण बारामा तानेर हेडक्वाटरले आईतबार २४ घण्टे एस्पस्टिकरणमा सन्कास्पद देखिएपछि सोमबार हेडक्वाटरको निर्देशनमा बाहिनीबाट डिएसपिको कमान्डमा टोलि खटाएर छानबिन अघि बढेको स्रोतले जनाएको छ ।
गृह जिल्ला बारा नै घर भएका सशस्त्र प्रहरी जवान ईमाम आलम र वरिष्ठ हवल्दार अशोक साहको डियुटी माथिल्लो निकायलाई जिल्ला प्रशासन कार्यालय बारामा देखाएर उनिहरु तस्करी गराइ अबैध रकम असुल्दै आएका थिए ।
छानबिनलाई प्रभावित पारेर उन्मुक्ति पाउने दाउमा घुमुवा आलम र साहले सशस्त्र प्रहरीको माथिल्लो निकायका हाकिम देखी मन्त्रीसम्मको पहल गराइ कार्वाहीबाट जोगिन खेलमा रहेको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीमा केही यस्ता कर्मचारी छन् जसको पद सानो भएपनि पावर भने ठूलो हुने गरेको छ । हाकिमहरुको विश्वास जितेर खुशी बनाउने त्यस्ता प्रहरीले आफु अनुकुल पोष्टिङ मिलाएर अकुत सम्पत्ति आर्जन गरेका छन् ।
त्यसमध्ये एक हुन् बाराका ईमाम आलम । जवान पदका उनी करिब ५-७ वर्ष देखि दरबन्दी जहा भएपनि मधेश प्रदेश मै कार्यरत रहेर घुमुवाको काम गर्दै आएका छन् ।
बारा जिल्लामा हुने अबैध कारोबारी संग सेटिङ मिलाएर पैसा उठाउने गरेको खुलेको हो ।
उनले पैसा असुलेको खुलेपछि हाल सशस्त्र प्रहरी हेडक्वाटरको आदेशमा बाहिनीबाट टोलि खटाएर छानबिन गरिएको थियो ।
तस्करहरुले प्रभावमा पार्न छानबिन गर्न आएको कर्मचारीहरुको लागी छतवा फ्रवाड बेसमा भोजभतेर समेतको आयोजना गरेको नाम नखोल्ने सर्तमा एक जना सशस्त्रका कर्मचारीले जानकरी दिएका थिए ।
तस्कर र घुमुवाको नजिकका ब्यक्तिहरुलाई बोलाएर छानबिनमा खटिएका कर्माचरीहरुले आफै बोलेर लेख्न लगाइ प्रतिबेदन कमजोर बनाइ कार्वाहीबाट जोगाउने चलखेल भएको स्रोत बताउ“छ । पटक पटक विवादमा आउने इ घुमुवाहरुलाई शक्तिकेन्द्रमा पाहुच भएकै कारण बच्दै आएका छन ।
यस बिषयमा हेडक्वाटरका प्रवक्ता बिदुर खड्का संग बुझ्दा हेडक्वाटरले छिनमस्ता बाहिनीबाट छानबिन टोलि खटाएको थियो तर अहिले रिपोर्ट नआएको उनले बताए । शक्तिशाली द्वयघुमुवाहरुलाई आईजिपी अर्यालले कार्वाही गर्छन् कि गर्दैन त्यो हेर्न बाकी नै छ ।








प्रतिक्रिया