गरिबी निवारणका लागि (सहनी) लाई माछा मर्ने हन्डी र जाल वितरण,गाउँमा प्रसंशा

न्यूज डेस्क     २०७९ श्रावण १५, आईतवार १८:१२ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । धनुषाको सबैलामा एक सहनी समुहलाई माछा मर्ने हन्डी र जाल वितरण गरिएको छ ।

धनुषा जिल्लाकाे सबैला नगरपालिकामा उद्यम बिकास शाखा (MEDPA) अन्तर्गत सबैला नगरपालिका वडा नम्बर ७ मट्टहीमा सहनी (मलाह) जातिमा गरिबी निवारणका लागि हन्डी २९ वटा र जाल ७५० मिटर समुहमा बितरण गरेकाे छ ।

उद्यम बिकास शाखा (MEDPA) कर्मचारी अजय कुमार साह र वडा अध्यक्ष रामदेव सहनीकाे राेहवरमा माछा र जाल बितरण गरेको हाे सहनीले माछा मर्ने सरसमान पाएपछि समहुका अध्यक्ष र सदस्य लगायत वडाभरमा वडा अध्यक्ष सहनीकाे प्रसंशा गरेका छन । जय माँ कमला समुह सबैला नगरपालिका ७ मट्टहीमा मलाह जातियले बिगतदेखि नै सन्चालनमा अध्यक्ष बनाएर राखिएको छ ।

साे समुहमा आज खुसियाली छाएको हाे समुहका अध्यक्ष श्रि प्रसाद सहनीले बताएका छन । ती वडाका वडा अध्यक्ष रामदेव सहनीले भने याे सरसमानमा कुनै पक्षपात नगरी हामी सबैलाई समेटेर चलिरहेका हाे यसपटक २९ जनालाई वितरण गरिए अर्को याेजना आएपछि छुटेकालाई पनि दिने बताएका हुन ।

 

प्रतिक्रिया





Top