मुख्यमन्त्री राउतले मिटरव्याजी विरूद्ध कडा कदम चाल्ने

न्यूज डेस्क     २०७९ श्रावण १५, आईतवार २०:४६ बजे मा प्रकासित


जनकपुरधाम, १५ साउन । मधेस प्रदेशमा ‘मिटर ब्याज’को अवैध धन्दाको विकृतिलाई मध्ये नजरमा राखेर मुख्यमन्त्री लालबाबु राउतले मिटरव्याजी विरूद्ध कडा कदम चाल्ने बताउनु भएको छ ।

मिटर व्याज विरूद्ध संघर्ष समितिको ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राउतले मिटरव्याजीहरू बाट पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नु हुँदै उनिहरू विरूद्ध कडा कदम चाल्ने आश्वासन दिनु भएको हो

मिटर व्याज सरकारको लागि ठुलो चुनौती बन्दै गएको उल्लेख गर्नु हुँदै राउतले समाजको विकृतिको रूपमा रहेका मिटरव्याजीहरूलाई कानूनको दायरा भित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो

उहाँले भन्नु भयो , “हामी तपाईहरूको समस्या प्रति गम्भीर छौ । प्रहरी प्रशासन प्रदेश मातहत नहुदाँ ठोस कदम चाल्न सकिएको छैन । सम्बन्धित ठाँउहरूमा आवाज उठाउदै आएको छु । चाँडै समस्या समाधानको बाटो पहिल्याइन्छ, ढुक्क हुनुस । ‘

संघर्ष समितिका संयोजक मनोज कुमार पासमान नेतृत्वमा मुख्यमन्त्री निवास मधेशभवन पुगेका पीडितहरूले ७ बुन्दे माग सहितको ज्ञापन पत्र मुख्यमन्त्री राउतलाई बुझाएका थिए ।

प्रतिक्रिया





Top