धनुषामा एक पुरुषको शव फेला

न्यूज डेस्क     २०७९ श्रावण १८, बुधबार ०५:५५ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ५ विश्रामपुरस्थित कुलोमा पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको छ ।

 

 

मंगलबार दिनको १२ बजे अन्दाजी ४० वर्षिय एक पुरुषको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले गहुँगोरो वर्णको खैरो गन्जी र सुन्तोला रङ्गको कट्टु  लगाएको तथा तराई मुलका जस्तो देखिने व्यक्तिको शव फेला परेको बताए ।

 

घटनास्थलको अनुसन्धान गरी शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको उनले जनाए ।

मृत्युको ठोस् कारण खुल्न नसकेपनि छारे (मिर्गी) रोगबाट मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यधपि अनुसन्धान प्रक्रियालाई फराकिलो बनाइएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

 

मृतक व्यक्ति बोलबमको जस्तो कपडा लगाएकाले सिन्धुली जिल्लाको हत्तपत्तेमा अवस्थित महादेव स्थानबाट जलार्पण गरी फर्किरहेको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया





Top