लोकसेवाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर लेखेपछि २ वर्षको लागि स्थगित

न्यूज डेस्क     २०७९ श्रावण १९, बिहीबार ०९:१७ बजे मा प्रकासित


मधेसपाटी डेस्क
१९ साउन।
कर्णाली प्रदेश लोक सेवा आयोगले साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेर ‘फोन गर्नू’ भन्ने सन्देश परीक्षकका लागि लेखेको भेटिएको छ ।

त्यसो गर्नेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का नवीन कुमार रेउले रहेको आयोगले जनाएको छ । उनले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर उल्लेख गर्दै सो नम्बरमा ‘फोन गर्नू’ भनेपछि प्रदेश लोक सेवा आयोगले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको छ ।

रेउलेले वस्तुगत र विषयगत दुवै उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको प्रदेश लोक सेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार रेउलेलाई प्रदेश लोक सेवा आयोग ऐन, ०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिम कसुर गरेको देखिएको र लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, ०७८९ को दफा ३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम लिखित परीक्षा रद्द गरिएको छ ।

उक्त ऐन अनुसार आयोगबाट आगामी २ बर्षसम्म हुने पदपूर्ति सम्बन्धी सबै विज्ञापनमा उम्मेदवार हुन नपाउने गरी उनीमाथि रोक लगाइएको छ ।

प्रतिक्रिया





Top