मधेसपाटि डेस्क
सर्लाही,२० श्रावण।
सर्लाहीकाे हरिपुर्वा नगरपालिका-३ बस्ने १९ वर्षीय सुशील रायको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिपुर्वा नगरपालिका-३ धनकौल बस्ने १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
साउन १३ गते बेलुकाबाट हराई बेपत्ता भएका रायको खोजी गर्ने क्रममा सोमबार बिहान सोही ठाउँस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय धनकौलको कम्पाउण्डको पुरानो शौचालयको सेफ्टी ट्यांकीमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया