श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाउने अभियोगमा श्रीमान पक्राउ

न्यूज डेस्क     २०७९ श्रावण २६, बिहीबार २२:०५ बजे मा प्रकासित


जनकपुरधाम । ससुराली घरमा बसेकी पत्नी र सासू आमालाई आगो लगाउने शंकर सदा पक्राउ परेका छन् । शंकरलाई नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ६ स्थित सम्सी–कन्हवास्थित नेपाल क्षेत्रबाटै महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

गत साउन २१ ग्ते राति शंकरले ३५ बर्षीया श्रीमती प्रमिला देवी र सासू रेशमा देवीको शरीरमा मट्टीतेल छर्केर आगो लगाएका थिए । महोत्तरीको औरही नगरपालिका ८ टिमकिया घर भएका शंकर भंगहा नगरपालिका ९ कंचन वन सखुवा टोलस्थित आफ्नो माइतीमा रहेको बखत राति पौने १२ शंकरले प्रमिला र रेशमादेवीको शरीरमा आगो लगाएका थिए ।

श्रीमती प्रमिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासूले पनि सघाउने गरेको आशंकमा शंकरले पटक–पटक झगडा गर्ने गरेका थिए । २१ साउनको राति सोही बिषयमा झगडा हुँदा शंकरले दुबैको शरीरमा मट्टी तेल खन्याएर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ ।यस बिषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top