सबैलामा माओवादीलाई ठुलो झटका: रामसिंह यादव पार्टी छाडेर सयौं कर्याकर्ता एमालेमा प्रवेश

न्यूज डेस्क     २०७९ श्रावण ३०, सोमबार १२:४६ बजे मा प्रकासित


जनकपुरधाम । नेकपा माओवादी केन्द्र परित्याग गरि एक समुह नेकपा एमालेमा प्रवेश गर्दैछ । एमाले स्रोतका अनुसार धनुषामा प्रभावशाली माओवादी नेता रामसिंह यादव एमाले प्रवेश गरेका छन् । यादव सहित माओवादी र नेकपा एस सहितको एक समुह एमाले अध्यक्ष केपि शर्मा ओलीको निवासमा प्रवेशका लागि पुगिसकेका छन् ।

माओवादी नेता तथा पुर्व मन्त्री मातृका प्रसाद यादवको आफनै मतलबी व्यवहार र स्वभावका कारण यादव माओवादी परित्याग गरेको माओवादी स्रोतको दावी छ । अगामि निर्वाचनमा नव प्रवेशी यादवलाई एमालेले धनुषा १ नभए धनुषा ३ क्षेत्रमा संघ वा प्रदेशमा उम्मेदवार बनाउन सक्ने बताइएको छ ।

 

रामचन्द्र मण्डल, किशोरी साह कमल प्रदेश सांसद रहेको क्षेत्र नं. १ मा यादवको प्रवेशले एमाले थप बलियो हुनेछ । गैर सरकारी संस्था र राजनिति संग संगै हाक्दै आएका यादवको माओवादीमा राम्रो प्रभाव रहेको छ । उनि नेपाल सरकारको पुर्व स्वास्थ्य राज्य मन्त्री समेत हुन ।नेकपा एसका धनुषाका केहि नेताहरु समेत एमालेमा फर्किन लागेको बताइएको छ ।

प्रतिक्रिया





Top