धनुषा: साईकलमा सवार १३ वर्षीय बालकलाई बसले ठोकिँदा मृत्यु

न्यूज डेस्क     २०७९ भाद्र २, बिहीबार १९:०२ बजे मा प्रकासित


जनकपुरधाम। धनुषामा बसको ठक्करबाट एक बाललको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका वडा नं. २ का १३ वर्षीय विशाल दास रहेका छन् ।

जनकपुरधामबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

बिहीबार दिउँसो जनकपुरधाम–ढल्केबर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका २ नक्टाझिज स्थित हजराचौकमा साईकलमा सवार बालकलाई बसले ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते बालकको उपचारको क्रममा जाकपुर स्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ । रासस

 

प्रतिक्रिया





Top