पोशाक लगाएर प्रहरी लौण्डासँग पटका–पटकी डान्स

न्यूज डेस्क     २०७९ भाद्र ५, आईतवार ०२:२३ बजे मा प्रकासित


रौतहट । विभिन्न ठाउँमा प्रतिबन्ध गरिएको भोजपुरी अश्लिल गीतको ओरकेष्ट्रामा सुरक्षा निकायकै प्रहरीले लौण्डासँग पटका–पटकी डान्स गरेको भिडियो समाजिक संजालमा खुब भाईरल बनेको छ ।

अश्लील भोजपुरी गीतमा मनोरञ्जन गरेको बिषय अहिले चर्चा यस्तो मर्यादित प्रहरी विभागको खिल्ली उडाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट मातहतको गढीमाई नगरपालिका वडा नम्बर ७ धर्मपुर चौकी ईन्चार्ज प्रहरी बरिष्ठ सई राजकिशोर साहले लवण्डा नाचमा नेपाल प्रहरीको पोशाक लगाएर खुल्लेआम पटका पटकी नृत्य गरेको भिडियो भाईरल बनेको छ ।

बरिष्ठ सई साहले लौण्डा नाचमा नेपाल प्रहरीको मर्यादित बर्दि लगाएरै डान्स गरेपछि उनको अनुशासनहिनताको पराकाष्ठा नाघेको टिकाटिप्पणी गरेको छ ।

कृष्णाष्टमी मेलाको अवसरमा आयोजना गरिएको लौण्डा डान्समा सुरक्षाको लागि खटाइएको ईन्चार्ज साहले आफैँ स्टेजमा चढेर अभद्र प्रकारको डान्स गरेको भिडियो भाईरल बनेको छ ।

उनको भिडियो समाजिक सँजालमा भाईरल बनेपछि उनलाई कारवाही गरिने बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाराले उनलाई कारवाहीको लागि प्रक्रिया थाल्ने बताएको छ ।

यता, यस सन्दर्भमा सई साहसंग कुराकानी गर्ने खोज्दा सम्पर्कमा आउन सक्ने ।

प्रतिक्रिया





Top