राधेश्याम कुशवाहा, सर्लाही ।। स्थानिय सरकार व्यक्तिगत स्वार्थमा लिप्त रहेको जनगुनासो बढदै गएको बेला सर्लाहीको कविालासी नगरपालिकाका एक वडाअध्यक्षले समाज कल्याण र विकासका लागि गरेका कार्यहरुले स्थानियवासीले स्थानिय सरकार भएको महसुस गरेका छन ।
विगत बर्षोदेखि बर्षायममा डुबान र सुख्खायामा सिचाईका लागि पानीको हाहाकार हुने समस्यालाई मध्यनजर गर्दै वडाअध्यक्षले पानीको निकास निर्माण गरी बर्षोदेखि जिर्ण रहेका नहर र सडकलाई मर्मत सम्भार गरी संचालनमा ल्याएपछि स्थानियवासी खुशि भएका छन ।
सर्लाहीको कविलासी नगरपालिका वार्ड न। ४ हेमपुरका वडाअध्यक्ष गिरिधारी राययादवको नेतुत्वमा गाउँलाई डुबानबाट बचाउन र खेतियोग्यभूमिमा सिचाई पुर्याउनका लागि पानीको निकास तथा बर्षौदेखि जिर्ण रहेका सडकर नहरलाई ठुलो जनसमर्थन साथ मर्मत सम्भार गरी संचालनमा ल्याइएको हो ।
पानीको निकास र नहरको मर्मत सम्भार नहुदाँ बर्षेनि बर्षायामा २ सय विघा भन्दा बढी खेतियोग्य जमिन र सयौं घरबस्ती डुबानको चपेटामा पर्दै आएको र घडेरी पर्दा सयौं विघा जमिन सिचाईबाट बन्चित हुदै आएको थियो । पानीको उचित व्यवस्थापन नहुदाँ दजनौं छिमेकी गाउँहरु समेत डुबानका उच्च जोखिममा थियो भने खेतमा ५ देखि ६ फिट गहिरो जमेका पानीले बालबालिका डुब्ने त्रासले आमनागरिकहरु समेत भयभित वातावरणमा बाच्न बाध्य हुदै आएको थियो । जमेको पानी सडेर गन्हाउनुको साथै स्थानिय स्तरमा लामखुटे संख्यामा बृद्विभई दिउँसै टोक्नुको साथै विभिन्न रोगहरु सक्रमण बढने जोखिम उच्च रहेको थियो ।
विभिन्न राजनितिक बाधा अवरोधका वावजुद पनि नवनिर्वाचित वडाअध्यक्ष गिरिधारी रायको नेतुत्वम ाविगतकाज नप्रतिनिधिले गर्न नसकेको काम गरिएकोमा स्थानिय समाजसेवी भागनारायण मिश्रले खुशिव्यक्त गरे । उहाँको समाज र विकासप्रति लगावकै कारण बर्षोदेखि स्थानियवासीक ालागि विकराल समस्याका रुपमा रहेको पानीको निकासका लागि पहल गरिएको बताए ।
स्थानिय स्तरमापानीको निकास नहुदाँप्रत्येक बर्ष बर्षायाममा खेतियोग्य र घरबस्ती डुबानमा पर्दै आएको थियो । डुबानबाट बर्षेनि लाखौं मूल्य बराबरको कृषिबाली, जनधनको क्षतिहुनुको साथै दर्जना गरिब, विपन्न परिवारको बिच्चली हुने गरेका थिए । वडाअध्यक्षले आफनो हिम्मत र साहस देखाउदै समाज कल्याणका लागि गरेका कार्यहरुलाई स्थानियवासीले समेत हर्षोहोल्लासका साथ सहगोग गरेका छन, भने स्थानिय स्तरम ादिपावलीझै खुशियाली मनाईएको बताए ।
विकासप्रेमी सोच र लगाव भएका समाजका उन्नति र प्रगति चाहने वडाअध्यक्ष पाएकोमा स्थानियवासी खुशि भएको स्थानियकिसान रामसोधन रायले खुशिव्यक्त गरे । सबैको भलो चाहने वडाअध्यक्ष कै नेतुत्वमाधानको रोपाईका लागि पानीको व्यवस्था गरिनुको साथै डुबानबाट बचाउन पानीको निकास गरिएकोमा स्थानियवासीले ठुलो राहतको सास फेर्नपाएको बताए । आजको समयमा सबै जनताको हितमा काम गर्ने वडाअध्यक्ष पाएकोमा खुशिहुदै यस्तो विकासप्रेमी जनप्रनिधि अतितमा समेत नभएको र भविष्यमा समेत विरलै भेटिने तर्क गरे ।
वडाअध्यक्षले सबै सहमति गरीपानीको निकास गर्दा बजार, गाउँ खेतियोग्यभूमि डुबानबाट बचाउने कामभएको अर्का किसान गिरजे रायले थपे ।
विगत२० ÷ २५ बर्षदेखि बर्षातको समयमा विकासका केही बाधक तत्वहरु व्यक्तिगत स्वार्थका लागि पानी निस्कन नदिदा ५० औं विघा जमिन रोपाईबाट बन्चितहुदै आएको अर्का समाजसेवीयूवा रामसरकार यादवले बताए । स्थानिय स्तरमा जमेको फोहोर पानी सडेर मानव स्वास्थमा समेत प्रतिकुल असर पर्ने जोखिम उच्च भई हैजा टाईफाईड जस्ता पानीबाट सक्रमण हुने रोगको महामारी समेत फैलिनुको साथै राजनितिकद्वन्द्व सृजना हुदै आएको थियो । उनले भने ।
यसबाट पिडित भएका सारा समाजका नागरिकहरु गु्नासो लिएर नवनिर्वाचित वडाअध्यक्ष कहाँ पुग्दा उहाँ समस्या समाधानका लागि तादरुकता देखाउदा सबै गाउँले खुशि हुनुका साथै उहाँको यो सहरायिन कदमको सबैले प्रशांसा गरेको बताए ।
उहाँ जस्तो जनताको हितमा कामगर्ने जनप्रनिधिविगतको समयमापनि यो समाजले कहिले पाएकाथिएन, अगामीदिनमा समेत पाउने सम्भावना न्यून रहेको भन्दै अर्का किसान सुरेश यादवले खुलेर प्रशंसा गरे । गरिब नागरिकको हरेक आपदाविपदा र पिडामा दिनरात साथ र सहयोगका लागि तत्पर रहेका वडाअध्यक्ष सबैको मन जित्न सफलभएको र सबै नागरिकले स्थानिय सरकार भएको महसुस गर्न पाएको बताए ।
पिडित स्थानियवासीहरु पानी निकासका लागि विगत ४÷५ दिनदेखि पटक – पटक गुनासो गर्दा स्थानियप्रशासन, नगरपालिका र सारा गाउँलेहरलाई जानकारी गराई समस्या समाधानका लागि पहल गरिएको वार्ड न। ४ का वडाअध्यक्ष गिरिधारी राययादवले बताए । यसबाट सारा जनसमुदायप्रत्यक्ष रुपमा लाभान्वित हुने र उनिहरुको आर्थिक तथा समाजिक विकासमा समेत टेवापुग्ने दाबी गरे ।










प्रतिक्रिया