धनुषाको `यदुकुहा´मा नागरिकता विधेयक पारित गर्नु पर्ने लगायतका विभिन्न माग गर्दै विरोध प्रदर्शन

न्यूज डेस्क     २०७९ भाद्र ७, मंगलवार २०:२६ बजे मा प्रकासित


धनुषा। जिल्लाको शहिदनगर नगरपालिकामा नेकपा माओवादी केन्द्रले नागरिकता विधेयक पारित गर्नु पर्ने लगायतका विभिन्न माग गर्दै यदुकूहामा विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले विभिन्न नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका छन् । नागरिकता विधेयक पारित गर, राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दावाद,  बलात्कारीलाई कारबाही गर, बलात्कारीको संरक्षक मुर्दावाद, शान्ति सुरक्षा कायम गरलगायतका माग राखी विरोध प्रदर्शन गरिएको हो ।

विरोध र्‍याली यदुकूहाको विभिन्न भागको परिक्रमा गर्दै भट्ठीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा स्थानीय नेता रामकिशोर पासवान, वडाध्यक्ष सुरेश कापर, हेम शंकर भण्डारी, युवा नेता रुपेश बिराजीलगायतकाहरुले आ–आफ्नो धारणा राखेका थिए ।

 

प्रतिक्रिया





Top