महानगरले मलअगाडि बनाइएका अवैध संरचना भत्काए

न्यूज डेस्क     २०७९ भाद्र ८, बुधबार १२:४९ बजे मा प्रकासित


काठमाडौं । काठमाडौं महानगरले सुन्धारास्थित काठमाडौं मलअगाडि बनाइएका अवैध संरचना भत्काएको छ ।

बुधबार बिहान डोजर प्रयोग गरी भवन भाडामा लिएर नक्सापासविपरीत बनाइएका संरचना भत्काइएको महानगरले जनाएको छ । संरचना भत्काउन मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका थिए ।

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलअगाडि अनधिकृत रूपमा संरचना बनाई व्यवसायिक प्रयोजनका लागि प्रयोग भैरहेको थियो । महानगरले यसअघि बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।

प्रतिक्रिया





Top