जनकपुर : मुख्यमन्त्री राउतको पुत्ला दहन,१५० प्रदर्शनकारी गिरफ्तार

न्यूज डेस्क     २०७९ भाद्र ९, बिहीबार २०:५० बजे मा प्रकासित


जनकपुरधाम, भदौ ९ । जनकपुरधाममा आज मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाइएको हो ।

चुरे तथा वनजंगल संरक्षण अभियानीले मुख्यमन्त्रीको पुत्ला जलाउँदा १५० जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार ताला लगाउन जाँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

अभियानका प्रदेश संयोजक अमन यादवलगायत अभियानका १५० सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले बताए। यादवका अनुसार पक्राउ परेकाहरूमध्ये १५ जना पुरुष र बाँकी सबै महिलाहरू छन् ।

प्रतिक्रिया





Top