‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवासमा पुगेका `जोगी´ पक्राउ

न्यूज डेस्क     २०७९ भाद्र १२, आईतवार १०:२९ बजे मा प्रकासित


काठमाडौं । शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा गएर दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जोगीमा भेषमा रहेका उनी ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

जोगीको भेष धारण गरेका एक व्यक्ति गएराति साढे ८ बजेको समयमा बालेनको घरभित्रै पसेका कारणले पक्राउ गरिएको उनले जानकारी दिए ।

घरभित्रै पसेर ‘भष्म गर्दिन्छु’ भन्दै बालेनलाई दुर्व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

जोगीको भेषमा रहेका उनले ‘भष्म’ गरिदिने चेतावनी दिएका थिए । भित्रै पसेका उनलाई बाहिर निकालिएको थियो । त्यसपछि भनाभन भएको थियो ।

जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताइरहेका थिए । झण्डै एक घण्टा सकडमा भीडभाड भएको थियो ।

पछि प्रहरी आएर उनलाई लगेको थियो । मेयर बालेन पछिल्लो समय अवैध संरचना भत्काउँदै हिँडेकाले उनीविरुद्ध सक्रिय गिरोहले परिचालित गरेका व्यक्ति हुनसक्ने मेयर समर्थकहरुको दाबी छ ।
 

प्रतिक्रिया





Top