राष्ट्रिय सभाले नागरिकता विधेयकलाई विधायन समितिमा पठाए

न्यूज डेस्क     २०७९ भाद्र १२, आईतवार १४:२६ बजे मा प्रकासित


काठमाडौं । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे हाे । जसलाई राष्ट्रियसभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सदनमै छलफल गर्नुपर्ने बताउँदै आएका सरकार र सत्तारुढ गठबन्धन पछाडि हटेपछि साेही विधेयक विधायन व्यवस्थापन समितिमा पुगेको हो । विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफाबार छलफल हुने भएकाे छ ।

सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि हटेपछि साेही विधेयक विधायन व्यवस्थापन समितिमा पुगेको हो । विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफाबार छलफल हुने भएकाे छ । साेही समितिले विधेयक पारित गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गर्नेछ ।

समितिको प्रतिवेदन प्रस्तुत भएपछि त्यसको प्रतिवेदन राष्ट्रियसभाका सदस्यलाई वितरण गरिनेछ ।

प्रतिक्रिया





Top