बिहानैदेखि एनसेलको नेटवर्क बन्द, कुनै नम्बरमा फाेन नलागेपछि सेवाग्राहीहरूलाई समस्या

न्यूज डेस्क     २०७९ भाद्र १३, सोमबार १२:०९ बजे मा प्रकासित


काठमाडौं । निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलको आज सेवामा अवरोध भएको छ ।

आज बिहानैदेखि एनसेलको कुनै नम्बरमा कल नलागेपछि सेवाग्राहीहरूलाई समस्या परेको हो । यसअघि सामान्य समस्या आउँदा पनि जानकारी गराउने एनसेलले आज बिना जानकारी सेवा अवरुद्ध गरेको छ ।

एनसेलको सिमबाट फोन गर्दा नलाग्‍ने, इन्टरनेट नचल्ने तथा एसएमएस नजाने जस्ता समस्या देखिएको ग्राहकको गुनासो गरेका छन् ।

प्रतिक्रिया





Top