जनकपुरधाम । नेपालमा समाजिक सँजाल भनिने टिकटक प्लेटफर्मबाट विस्तारै नकारात्मक असर फस्टाउँदै गएको सहजै अनुमान गर्न सकिन्छ ।
टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेकाे छ । समाजमा नकारात्मक असर पुर्याएकाे भन्दै भन्दै मधेश प्रदेशका केही जिल्लाका युवा समूहले टिकटक माथि प्रतिबन्धकाे माग राखेका छन ।
‘टिकटक बन्द संघर्ष समिति’ नै बनाएर केही युवाले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएकाे पाइएकाे छ।शुक्रबार Tik Tok बन्द संघर्ष समिति महोत्तरी द्वारा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय प्रमुख ज्यु र जलेश्वर नगरपालिका प्रमुख ज्यु लाई Tik Tok बन्द गराईदिनको लागि ज्ञापन पत्र बुझाईएका छन् ।
हिजो (आइतबार) पनि रौतहटबाट केही युवाले याे संघर्ष समितिमार्फत सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन् । भने आज सिराहामा पनि ज्ञापनपत्र बुझाइएको छ र TikTok बन्द संघर्ष समिती धनुषा द्वारा आयोजित जनकपुरधाम मा बिरोध प्रदर्शन साथैसाथ जनकपुरधाम उप-महानगरपालिका ,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ज्ञापन पत्र बुझाएको छ।









प्रतिक्रिया