महेश कु.राय, जनकपुरधाम। आज चौरचन(चौठीचाँन) पर्व धनुषा सहित मधेस प्रदेशका जिल्लामा मनाइँदै छ । हिन्दुहरुको महान पर्वको रुमा मनाइने यो पर्व मिथिलाञ्चलमा भाद्र शुक्ल चतुर्थीको दिन मनाउने परम्परा छ । यस पर्वमा खास गरी साँझपख आकासमा चन्द्रमा देखिए पछि दियो कलश सहित चद्रमाको पुजा गरिन्छ । चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका दोष कलंकबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ । चौरचन पर्वका दिन जेष्ठ महिला निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल प्रसादको रुपमा अर्घ दिने गर्दछन् ।
यस पर्वमा आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक (चौका) माथि सिन्दुरले सिंगारी भँुइलाई पवित्र बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । (चौका) माथि माटोको भाँडो (मट्कुरी )मा दहि र विशेष किसीमको डालोमा मिठाई, पुरी, केरा, काँक्रो , नेवुवा , मकै , पान सुपाडि , लड्डु ,लगाएतका फलफुल आदि राखेर बिशेष संकल्प गरी केहि बेरमा चन्द्रमालाई अर्घ चढाए पछि पर्व समापन हुन्छ । मिथिलाञ्चलमा आजको दिन लोकपर्व चौरचन्द मनाउने क्रममा चन्द्रमा सँगै दियो कलश राखी भगवान गणेशको समेत पुजा गरी कथा सुन्ने परम्परा रही आएको छ । कथा पुरेत वा जानेका जेष्ठ व्यक्तिले सुनाउने गर्दछ । कथा सुनि सकेपछि ब्रतालु महिलाले प्रसाद ग्रहण गरेर ब्रत तोड्ने गर्दछन् ।
मिथिलाञ्चलमा यस पर्वको प्रारम्भ तत्कालिन नरेश हेमांगद ठाकुरले गरेको इतिहास छ । उनी प्रख्यात ज्योतिष समेत रहेको जानकारहरुले बतएका छन् । ठाकुरलेनै चौरचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने र विभिन्न प्रकारका दोष कलंकबाट मुक्ति पाइने भने पछि मिथिलाञ्चलमा घर–घरमा यो पर्व मनाउन थालिएको हो । चौरचन्द्र पर्व महोत्तरीसहित धनुषा , सिरहा, सर्लाही,रौतहट, सप्तरी, बारा, पर्सा , सुनसरी लगायत भारतमा पनि हिन्दु धर्मावलम्बीले मनाउने गर्दछन्।








प्रतिक्रिया