चट्याङ लागेर दुई महिलाको मृत्यु

न्यूज डेस्क     २०७९ भाद्र १५, बुधबार ११:०८ बजे मा प्रकासित


 

जनकपुरधाम। चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गएराति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका- १२ गुरौमा चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए । रासस

 

प्रतिक्रिया





Top